नागढुंगा–सिस्नेखोला सुरुङ खन्न ६ मिटर मात्र बाँकी, केहीदिनमै ‘ब्रेक थ्रु’ गरिने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०८० चैत्र १७, शनिबार (१ महिना अघि)
  • ४ पटक पढिएको
नागढुंगा–सिस्नेखोला सुरुङ खन्न ६ मिटर मात्र बाँकी, केहीदिनमै ‘ब्रेक थ्रु’ गरिने

चैत्र १७, काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङ ६ मिटर मात्र खन्न बाँकी रहेको छ । केही दिन भित्रै ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

‘ब्रेक थ्रु’ को समय नजिकिदै जाँदा स्थानीयले खानेपानी, सिँचाइ लगायतका माग राखेर एक महिना काम ठप्प पारेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि चैत ६ गतेबाट पुनः निर्माणको काम सुरु भएको थियो ।

सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ बनेपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ ।

नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यसको निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ । सुरुङको ‘ब्रेक थ्रु’ भएपछि फिनिसिङको काम सकेर यातायात सञ्चालनमा आउन थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस