शुभ यात्रा यातायातको छैटौ साधारण सभा सम्पन्न

शुभ यात्रा यातायातको छैटौ साधारण सभा सम्पन्न

|शुभ यात्रा यातायातको छैटौ साधारण सभा सम्पन्न


चैत्र १७ काठमाडौँ। सुभायात्रा यातायात प्रा लि ले आफ्नो स्थापनाको छैटौ साधारण सभा सम्पन्न गरेको छ। स्वयम्भु स्थित एक पार्टीप्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा साम्सद बेदुराम भुसाल,बागमती प्रदेशका प्रदेश साम्सद उद्धब थापा,सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अधक्ष्य डोलनाथ खनाल,सार्वजनिक यातायात महासंघका संरक्षक होम प्रसाद अधिकारी लगायत यातायात मजदुरहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा यातायात क्षेत्रको बिषयमा बक्ता हरुले सुभकामनाका साथै आफ्नो विचार ब्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाका अधक्ष्य गोपीकृष्ण थापाले पेट्रोलियम गाडी बाट फाइदा कम भइरहेको परिप्रेक्ष्यमा इ भी बजारमा प्रवेश गर्न आबस्यक भैसकेको र अध्ययन गरेर विकल्प खोज्नु पर्ने बताए। पूर्व मन्त्री तथा साम्सद बेदुराम भुसालले यातायात क्षेत्रको समस्याको बिषयमा आबस्यक सुझाब सल्लाह आउनुपर्ने र आफु त्यसको लागि सहयोग गर्न तयार रहेको बताउदै सार्बजनिक यातायात इ भी मा जाँदा अझ राम्रो हुनसक्ने बताए। त्यस्तै प्रदेश साम्सद उद्दब थापाले सवारी साधन ल्याउदा चर्को कर तिरिरहेको र त्यसमा सरकारले विचार पुर्याउनु पर्ने बताए।
हाल शुभ यात्रा यातायात प्रा लि का लागि कार्यसमितिमा अधक्ष्य गोपीकृष्ण थापा,सदस्य हरुमा रामकुमार भेटुवाल,नवराज कार्की, रितु थापा खड्का ,राजकुमार गौतम, सुधिर खड्का रहेका छन्। कार्यक्रम संस्थाका अधक्ष्य गोपीकृष्ण थापाको अधक्ष्यतामा सम्पन्न भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस