सुनकोशी मरिण डाइभर्सन सुरुङ : काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०८० चैत्र १७, शनिबार (१ महिना अघि)
  • ० पाठक संख्या
सुनकोशी मरिण डाइभर्सन सुरुङ : काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने

चैत्र १७, सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । उनका अनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।

तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस