बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १८, आईतबार (१ महिना अघि)
  • ५ पटक पढिएको
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेका थपलिया बने आर्थिक मामिलामन्त्री

|मनहरी(मकवानपुर), १७ चैत : शपथ ग्रहण बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा बागमती प्रदेश सरकारमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियालाई शनिबार आर्थिक मामिला तथा योजनामन्त्रीको शपथ गराउदै । तस्बिर : मणिराज गौतम/रासस

चैत्र १८, मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् । थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन् । उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस