एक महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक, कुन देशका कति आए ?

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८० चैत्र १९, सोमबार (१ महिना अघि)
  • ४ पटक पढिएको
एक महिनामै भित्रिए एक लाख २८ हजार पर्यटक, कुन देशका कति आए ?

चैत्र १९, काठमाडौँ । नेपालमा एक महिनामामै एक लाख २८ हजार पर्यटकले भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका हुन् ।

यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८ हजार ७४१ ले वृद्धि भएको हो ।

गत वर्षको मार्चमा कुल ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार सात सय ७३ र बेलायतबाट सात हजार दुई सय ४१ जना, श्रीलङ्काबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्याण्डबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् । क्षेत्रीय हिसाबले हेर्दा एसिया ९सार्क०बाट ४० हजार सात सय २७, एसिया ९अन्य०बाट २८ हजार छ सय ४८, यूरोपबाट २७ हजार पाँच सय ८२, ओसनियाबाट चार हजार सात सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार छ सय १४ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार एक सय र फेब्रुअरीमा ९७ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस