बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा पदभार ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २१, बुधबार (१ महिना अघि)
  • ६ पटक पढिएको
बागमतीका नवनियुक्त चार मन्त्रीद्वारा पदभार ग्रहण

चैत्र २१, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरूले आज पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गरेका मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस