लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २२, बिहिबार (३ हप्ता अघि)
  • २ पटक पढिएको
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

चैत्र २२, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस