वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा कति गुणा बढी खतरनाक हुन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (४ हप्ता अघि)
  • ६ पटक पढिएको
वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा कति गुणा बढी खतरनाक हुन्छ ?

चैत्र २४, काठमाण्डौँ । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ । एच५एन१ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ ।

पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन् । एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा सुरेश कुचिपुडीले दिएका छन् ।

कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ । वर्ड फ्लुको सङ्क्रमण विश्वका धेरै ठाउँमा रहेको र धेरै सङ्ख्यामा स्तनधारी जीवलाई यसले सङ्क्रमित बनाइरहेको छ । भाइरसविरुद्ध तयारी गर्ने बेला आएको अन्यथा अवस्था गम्भीर हुन सक्ने उनी बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस