वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २४, शनिबार (४ हप्ता अघि)
  • ४ पटक पढिएको
वोरिङको पानी पिउँदा ५ बालबालिकाको मृत्यु !

चैत्र २४, काठमाण्डौँ । पाकिस्तानको सिन्ध प्रान्तस्थित संघर जिल्लामा बेरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको मृत्यु भएको छ ।

हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको पाकिस्तान टुडेले जनाएको छ ।

विषाक्त पानी सेवनपछि तुरुन्तै उनीहरूलाई अस्पताल लगिएको अधिकारीले जनाएका छन् । उनीहरूमा ज्वरो, बान्तालगायत असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए । उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँ पठाइएको थियो । जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्प बन्द गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस