बंगलादेशको आरटीजेएसंग नेपाली पत्रकारहरुको अन्तरक्रिया

चैत्र २४,बंगलादेश । राजशाही टेलिभिजन पत्रकार संघ आरटीजेएको कार्यकारिणी समितिले नेपालका पत्रकार समूहसँग आदानप्रदान गरेको छ । शुक्रबार साँझ नगरको कुमारपारास्थित एक होटलमा बैठक आयोजना गरिएको हो । सो अवसरमा पत्रकारिताको विकास, दुई देशको राजनीतिक तथा आर्थिक अवस्था, सहरी विकास तथा सामाजिक–आर्थिक अवस्था, पर्यटन विकास र पत्रकारका विभिन्न अनुभवका बारेमा छलफल भएको थियो । दुई देशका पत्रकारहरुले आ–आफ्नो देशको विकासमा मिडियाको भूमिका निर्वाह गर्ने विभिन्न पक्षका बारेमा छलफल गरेका थिए ।

सो अवसरमा दुई देशका पत्रकारहरुले आ–आफ्नो अनुभव आदानप्रदान गरी पेशागत विकासका लागि विभिन्न कदम चाल्ने प्रस्ताव राखेका थिए । पछि नेपाली पत्रकारहरुले राजशाही टेलिभिजन पत्रकार संघका कार्यकारी सदस्यहरुसंग नेपाली नागरिकहरुको तर्फबाट स्मृति चिन्ह आदानप्रदान गरेका थिए ।

रेडियो राजमार्गका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ धादिङका सचिव आशिष ठकुरी, नेपाल बंगलादेश युथ कन्क्लेभका अध्यक्ष अविनभ चौधरी र नेपालका तर्फबाट अनलाइनकेन्द्र डटकमका प्रमुख राज ढुंगानाको सहभागिता रहेको थियो । पत्रकार ढुंगानाले बंगलादेशको सुन्दर शहर राजशाहीमा पत्रकारहरुसंग महत्वपुर्ण छलफल गर्न पाउदा खुसी व्यक्त गर्दै मिडियामा देखिएको समस्या र समाधानका सन्दर्भमा आफ्नो धारणा व्यक्त गरेका थिए । उनले पछिल्लो समय सञ्चारमाध्यम हरेक संकटमा पहिलो प्रहारमा पर्ने बताउदै त्यसको लागि तयार रहन सबै देशका पत्रकार एकजुट हुन आवश्यक रहेको बताए । यता पत्रकार ठकुरीले सामुदायिक रेडियोहरुले नेपालमा महत्वपुर्ण काम गरेको बताउदै बंगलादेशको सामुदायिक रेडियोको अवस्थाबारे जिज्ञासा राखेका थिए ।

बंगलादेशको तर्फबाट राजशाही टेलिभिजन पत्रकार संघका उपाध्यक्ष अमिर फैसल, महासचिव गुलाम रब्बानी, उपमहासचिव रैहानुल इस्लाम, कार्यकारी सदस्य मोस्ताफिजुर रहमान सोहन, शाहीन आलमलगायतको उपस्थिति रहेको थियो । यसैबीच, राजशाहीका दुई वरिष्ठ पत्रकार एनटिभीका साम साजु र बंगलादेश प्रतिदिनका काजी साहेदले राजशाही र नेपालबीचका सञ्चारमाध्यमका अनुभव आदानप्रदानका गतिविधिबारे विशेष सत्रमा मन्तव्य राखेका थिए ।

जसको फलस्वरूप आरटीजेए र नेपालको मिडिया समुदायबीच विशेष आदानप्रदान भ्रमणको आयोजना गर्न विशेष समझदारी भएको थियो। आरटीजेएको बैठकले नेपालको मिडिया टोलीको निमन्त्रणामा जतिसक्दो चाँडो नेपाल भ्रमणका लागि आरटीजेएको टोली पठाउने निर्णय गरेको थियो।

संम्बन्धित समचार

Leave a Comment