कोशीमा कांग्रेसको सरकार ढाल्न गठबन्धनको कसरत

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० चैत्र २५, आईतबार (३ हप्ता अघि)
  • ८ पटक पढिएको
कोशीमा कांग्रेसको सरकार ढाल्न गठबन्धनको कसरत

चैत्र २५, मोरङ । कोशी प्रदेशमा सरकार फेर्न गठबन्धनका दलहरूले छलफल थालेका छ । नयाँ सरकार बनाउन विषयमा आज एमाले र माओवादीका नेताहरूले छलफल गरेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एसका संसदीय दलका नेता राजेन्द्रकुमार राई नआएपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।

यता नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रमा नयाँ सत्ता समीकरण निर्माण भएपश्चात मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल जारी रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस