लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए शपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २५, आईतबार (३ हप्ता अघि)
  • २ पटक पढिएको
लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए शपथ

चैत्र २५, लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै तीन मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्व मुख्यमन्त्री लिला गिरिसहित सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस