फागुन १६,काठमाडौँ । नागरिकलाई शिक्षा र आर्थिक पहुँचमा वृद्धि गर्न सकेमा मुलुकको सामाजिक तथा सांस्कृतिक परिवर्तन गर्न सकिनेमा जोड दिइएको छ ।
प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बुधबार संस्कृतिविद् प्रा.डा. धनबहादुर कुँवरसँग ‘सामाजिक एवं सांस्कृतिक समावेशीकरणका मुद्दा’ गरेको छलफलमा सम्पूर्ण नागरिकलाई शिक्षा र आर्थिक पहुँच बढाउनुपर्नेमा जोड दिएका थिए ।
शिक्षाले व्यक्तिको सोच र परम्परागत संस्कारमा परिर्वतन ल्याउन सक्ने हुनाले विद्यालयस्तरदेखि नै पाठ्यक्रममा अनिवार्य रुपमा नैतिक शिक्षा पढाउन जरुरी रहेको उल्लेख गरे ।
समितिका सदस्य गङ्गा चौधरी, दुर्गा राउत, हीरा गुरुङलगायतले समाजमा छुवाछूतजस्ता भेदभाव हटाउन र समतामूलक समाज निर्माणका लागि सबै एक भएर लाग्नुपर्ने धारणा राखेका थिए ।
समितिका सभापति निरुदेवी पालले महिला तथा सामाजिक समितिले समाजका रहेका परम्परागत विकृतिजन्य कुरालाई हटाएर समतामूलक समाज निर्माणका लागि समितिले निरन्तर सम्बन्धित क्षेत्रका विज्ञसँग सुझाव लिएर अगाडि बढ्ने बताए ।