कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० चैत्र २६, सोमबार (३ हप्ता अघि)
  • ७ पटक पढिएको
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सांसदको हस्ताक्षर

चैत्र २६, काठमाण्डौँ । कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका एमाले र माओवादी केन्द्रले नयाँ सरकार बनाउनेबारे प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन् । आज एमाले र माओवादीले कांग्रेसका केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

एमाले र माओवादीका ५२ सांसदहरूले एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न निवेदन प्रदेश प्रमुख समक्ष बुझाएका छन् । कोशीमा कार्कीको सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको हो । त्यसैले अब नयाँ सरकार कसरी बनाउने भन्ने कुरा स्पष्ट छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस