बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १६, बिहिबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुन १६,काठमाडौँ । । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० गोलअन्तरले पराजित गरेसँगै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो । बार्सिलोनाले रियलमाथि समग्रमा ४–१ गोलको जित निकालेको हो । पहिलो लेगमा भने बार्सिलोनाले रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।

बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे भने एक गोल उपाहार स्वरुप पाएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । ५० औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

६९ औं मिनेटमा राफयल भरानेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले दोब्बर अग्रता बनाएको थियो । ७३ औं मिनेटमा स्वारेजले पेनाल्टीबाट अर्को गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस