कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन, मुख्यमन्त्रीमा एमालेका कँडेलले दावी पेस गर्दै

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०८० चैत्र २७, मंगलबार (३ हप्ता अघि)
  • ५ पटक पढिएको
कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन, मुख्यमन्त्रीमा एमालेका कँडेलले दावी पेस गर्दै

चैत्र २७, सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय सीमा आज सकिँदै छ । प्रदेश प्रमुख परियाले २१ चैतमा आज साँझ ५ः५० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा दिएका थिए ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि परियारले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै कर्णालीमा पनि सरकार परिवर्तन भएको हो । सुरुमा राजीनामा नदिने अडानमा रहेका शर्मा प्रचण्डको दबाबपछि पछि हटेका थिए । तर, प्रदेश सरकार गठनको विषयमा एमाले र माओवादीबीच कुरा मिल्न नसक्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस