राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २७, मंगलबार (१ महिना अघि)
  • ७ पटक पढिएको
राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

चैत्र २७, काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज ९मंगलबार० उम्मेदवारी दर्ता हुँदैछ । भोलि हुने निर्वाचनको आज उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ ।

बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । मनोनयन दर्ता कार्यक्रम नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुनेछ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुने गरी निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ। निर्वाचित अध्यक्ष पुरुष रहेकाले संवैधानिक व्यवस्थाबमोजिम दलले उम्मेदवारी दिँदा उपाध्यक्ष पदमा महिला मात्रै उम्मेदवार हुने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस