लाखौँ मानिसद्धारा सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण अवलोकन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० चैत्र २७, मंगलबार (३ हप्ता अघि)
  • ४ पटक पढिएको
लाखौँ मानिसद्धारा सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण अवलोकन

चैत्र २७,काठमाडौँ । उत्तर अमेरिकाको मेक्सिकोदेखि क्यानडाका लाखौँ मानिसले आश्चर्य र उत्साहका साथ सन् २०२४ को पहिलो खग्रास सूर्य ग्रहण हेरेका छन् । पृथ्वी र सूर्यकोबीचमा चन्द्रमा घुम्दा सूर्यग्रहण लागेको हेरेका धेरै मानिसले दिनमै रात परेको यो एक अद्वितीय घटना भएको बताएका बीबीसीले जनाएको छ ।

यो ग्रहण मेक्सिकोको तटबाट शुरु भई सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएर क्यानाडाको न्यू फाउन्ड ल्याण्डमा पुगेर सकिएको थियो । न्युयोर्कको नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको खबरमा उल्लेख छ ।

एशियाली देशबाट भने ग्रहण देखिएको थिएन । चन्द्रमा सूर्य भन्दा पृथ्वीको ४ सय गुणा नजिक छ तर आकारमा चन्द्रमा सूर्य भन्दा ४ सय गुणा सानो छ । एक अध्ययनका अनुसार चन्द्रमा व्यासमा २ सय ७३ किलोमिटर सानो वा टाढा भएको भए मानिसहरूले यस प्रकारको ग्रहण हेर्न सक्ने थिएनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस