आज ‘इद उल फित्र’, सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २९, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
आज ‘इद उल फित्र’, सार्वजनिक विदा

चैत्र २९, काठमाडौं । आज सार्वजनिक विदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि  ‘इद उल फित्र’ आज मनाउने भएपछि सार्वजनिक विदा दिइएको हो ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।

इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।

ताजा अपडेट

खोजी गर्नुहोस