रविमाथि प्रश्न उठाएर कांग्रेस गठबन्धन तोड्ने प्रयास गदैछ: प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २९, बिहिबार (१ महिना अघि)
  • ८ पटक पढिएको
Post Thumbnail

चैत्र २९,विराटनगर । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले वर्तमान गठबन्धन तोड्न सकिन्छ कि भनेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको आरोप लगाएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग नै राजनीतिक पूर्वाग्रहपूर्ण रहेको अर्थ्याए ।

उनले भने रविमाथि प्रश्न कांग्रेस सरकारमै हुँदादेखि नै उठेको थियो । त्यति बेला कांग्रेसलाई कुनै समिति गठन गर्नु परेन । हालै राज्यका निकायहरूले छानबिन गरेर निर्दोष छ भनेपछि फेरि संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नु राजनीतिक पूर्वाग्रह हो ।

छानबिन गर्ने संस्थाले नै सहकारी ठगीमा रविको संलग्नता छैन भनेकोले फेरि समिति बनाएर के छानबिन गर्ने रु भन्दै उनले प्रश्न पनि गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस