भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० चैत्र २९, बिहिबार (३ हप्ता अघि)
  • ४ पटक पढिएको
भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने

चैत्र २९,काठमाडौँ । यस वर्ष अप्रिल र मे महिनामा भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लैजाने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

द्वन्द्व शुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस काम गर्न इजरायल गएका थिए । वेस्ट बैंकका झण्डै ८० हजार र गाजाका १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर अक्टोबर ७ देखि यस क्षेत्रबाट श्रमिक आवतजावत बन्द भएको छ ।

भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने बीबीसी हिन्दीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सबैभन्दा धेरै निर्माण क्षेत्रसँग सम्बन्धित काम गर्न विदेशी कामदार लैजाने जनाएको छ ।

दुई देशको सरकारबीचको सम्झौताअनुसार भारतबाट कामदार इजरायल पठाइने खबरमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस