नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्विरोध,वरिष्ठ उपाध्यक्षमा मल्होत्रा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २९, बिहिबार (१ महिना अघि)
  • १४ पटक पढिएको
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्विरोध,वरिष्ठ उपाध्यक्षमा मल्होत्रा

चैत्र २९,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघी चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।

दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यवसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरे । चेम्बरको नया“ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, बस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्धिराष्ट्रियमा निलकण्ठ चौलागाई र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भए । ७३ औं वार्षिक साधारणसभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस