सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी नाउपा पार्टीबाट निलम्बित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (३ हप्ता अघि)
  • ५ पटक पढिएको
सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरी नाउपा पार्टीबाट निलम्बित

चैत्र ३०, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक(पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस