हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव शिक्षण अस्पताल लगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १६, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १६,काठमाडौँ । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस