लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (२ हप्ता अघि)
  • २ पटक पढिएको
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

चैत्र ३०, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

आज उनले संसदबाट विश्वासको मत पाएका हुन् । ८७ सदस्यीय प्रदेशसभाबाट नवनियुक्त मुख्यमन्त्री महराले ४८ सांसदको मत पाएका हुन् ।
उनलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

कांग्रेसका २७ र जनमोर्चाका १ सांसददले विपक्षमा मतदान गरेका थिए भने राप्रपाका ४ र लोसपाका ३ जना सांसद बैठकमा अनुपस्थित थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस