मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर र मन्टेश्वरी खुल्दै

चैत्र ३०,काठमाडौँ । मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर र मन्टेश्वरी खुल्दै धादिङ जिल्लामै पहिलो चाइल्ड केयर सेन्टर स्थापना हुने भएकाे छ। धादिङ जिल्ला गजुरी गाउँ पालिका वडा नम्बर दुई मलेखुमा हाइलाइट चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना हुन लागेकाे हाे। विगत लामाे समयदेखि शिक्षण पेशामा आवद्ध ममता सिलवाल र सुजन कडेलले संयुक्तरूपमा चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना गर्न लागेका हुन्।

नयाँ साेच, नयाँ बिचार र नयाँ प्रविधिमा आधारिेत रहि स्थापना गर्न लागिएको विषयमा उक्त संस्थाकाे संस्थापक ममता सिलवाल भन्छिन् “विगतकाे समयमा विभिन्न स्थानमा रही शिक्षण पेशामा आवद्ध रहेर महत्त्वपूर्ण अनुभव लिने अवसर मिल्याे अब आफ्नै संस्थामा उक्त अनुभव प्रयाेग गर्ने रहर छ।” शिक्षण पेशा आफैमा एउटा चुनाैतिपुर्ण पेशा भएकोले अरुकाे संस्थामा रहेर काम गर्नु आफ्ना लागि सहज हुने भएता पनि आफ्नो समाजमा केही याेगदान दिउँ भन्ने उद्देश्यले याे संस्था स्थापना गर्न लागेको सिलवालको भनाई छ ।

स्थानीय अभिभावककाे समय, अवस्था र अपेक्षा अनुसारको शिक्षा र सुविधा प्रदान गर्ने उद्देश्य राखिएको बताउँदै अर्का संस्थापक सुजन कडेल भन्छन्- “यस क्षेत्रमा विभिन्न शैक्षिक संस्थाहरु भएतापनि हाल संचालनमा रहेका शैक्षिक संस्थाहरु परम्परागत ढंगबाट चलिरहेको र अबकाे अवस्थामा समय सुहाउँदो र अभिभावककाे माग अनुसारको शैक्षिक संस्था आवश्यक परेकाे हुदा यस संस्थाकाे स्थापनामा जुटेका हाैं।” उनि अझै थप्छन्-“मलेखु एउटा व्यापारिक हवकाे रुपमा विकसित भईरहेकाे तत्कालीन अवस्थामा अब हामी शैक्षिक माहोल सिर्जना गर्ने तरखरमा छाै।” यही शैक्षिक सत्र देखिनै सञ्चालनमा आउने बताइएको उक्त चाइल्ड केयर सेन्टर र मन्टेश्वरीकाे काम द्रुत गतिमा भइरहेको भनिएकाे छ।

संम्बन्धित समचार

Leave a Comment