त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ३०, शुक्रबार (१ महिना अघि)
  • १४ पटक पढिएको
त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

चैत्र ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्रा डा केदार रिजाल नियुक्त भएका छन् ।

कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई नियुक्त गरेका हुन् ।

केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् भने रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् ।

यसअघि उपकुलपति प्रा।डा। केशरजंग बरालले केसी र रिजालको नाम कुलपतिसमक्ष सिफारिस गरेका थिए ।

त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेकालाई कुलपतिले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस