३ जना उच्च प्रहरी अधिकृत अवकाश हुँदै

बैशाख ३, काठमाडौँ । नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु अवकाशमा जाँदैछन् । दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र एकजना प्रहरी नायव महानिरीक्षक डीआईजी अवकाशमा जान लागेका हुन् ।

प्रशासन विभाग प्रमुख एआईजी मिरा चौधरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सन्दिप भण्डारी र गण्डकी प्रदेशका डीआईजी विकाशराज खनाल अवकाशमा जान लगेका हुन् ।

चौधरी र खनाल वैशाख ६ मा अवकाशमा जाँदैछन् । ५६ वर्षीय उमेरहदका कारण उनीहरु अवकाशमा जान लागेका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी र एआईजीको उमेरहद ५६ वर्ष कायम छ । एआईजी भण्डारी वैशाख ४ बाट सेवा निवृत्त हुँदैछन् ।

संम्बन्धित समचार

Leave a Comment