पर्यटन क्षेत्रको विकासमा अधिकारीको महत्वपूर्ण योगदान

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७५ फागुन १६, बिहिबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन १६, काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा थोरै समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको महत्वपूर्ण योगदान रहेको बताएको छ ।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले आज शोक वक्तव्य जारी गरी पर्यटन प्रवद्र्धन र विकासमा थोरै समयमा पर्यटन क्षेत्रमा मन्त्री अधिकारीले अनुभूत गर्नसक्ने परिणाममुखी काम गर्न सफल भएको बताए ।

“सफल एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीको अप्रत्याशित निधनबाट पर्यटन क्षेत्र तथा समग्र मुलुकले नै अपूरणीय क्षति व्यहोर्न पुगेको छ”, विज्ञप्तिमा भनिएको छ । नाट्टाले दुःखद घडीमा स्वर्गीय मन्त्री अधिकारीसहित सात जनाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस