नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३, सोमबार (१ महिना अघि)
  • ३ पटक पढिएको
नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै

बैशाख ३, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आज बिहान ११ बजे बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमालेको संसदीय दल बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीति,आगामी रणनीति तथा बजेटको विषयमा छलफल हुनेछ। सरकारले आइतबार रातिबाट हिँउदे अधिवेशन अन्त्य गरेको छ ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमाले अध्यक्ष केपी ओलीले चालु अधिवेशन अन्त्य हुनु स्वाभाविक भएको बताए। हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको अन्तर राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस