बाबुराम छोडेर माओवादीमा फर्किए विश्वद्वीप पाण्डे 

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ३, सोमबार (१ महिना अघि)
  • ६ पटक पढिएको
बाबुराम छोडेर माओवादीमा फर्किए विश्वद्वीप पाण्डे 

काठमाडौँ । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन् ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् । 

पाण्डे डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।

“आजको मितिदेखि लागु हुनेगरि मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु,” पाण्डेले फेसबुकमा लेखेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस