वैवाहिक बलात्कारका आरोपित न्यायाधीश गिरी कारागार चलान

वैवाहिक बलात्कारका आरोपित न्यायाधीश गिरी कारागार चलान

बैशाख ३, काठमाण्डौँ । वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई कारागार चलान गरिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको हो ।

गत २१ चैतमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतले भने सोही आदेशलाई सदर गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस