अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

बैशाख ३, काठमाण्डौँ । अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस