नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८१ बैशाख ३, सोमबार (२ हप्ता अघि)
  • ९ पटक पढिएको
नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

बैशाख ३, काठमाडौँ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा कमल चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतबार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो । गत चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस