सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सुरु, फैसला आजै आउने

बैशाख ३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पुनरावेदनमाथिको सुनुवाइ सुरु भएको छ । पाटन उच्च अदालतमा न्यायाधीशहरु मुनेन्द्र प्रसाद अवस्थी र दुगाएप्रसाद ढुंगेलको संयुक्त इजलासमा सोमबार दिउँसो खाजा समयपछि सुनुवाइ सुरु भएको हो ।

यो मुद्दामा आजै फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि सन्दीप उच्च अदालत पुगेका हुन् । लामिछानेलाई १३ पुसमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो ।

संम्बन्धित समचार

Leave a Comment