कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले-माओवादीले गरे संकल्प प्रस्ताव दर्ता !

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ बैशाख ३, सोमबार (२ हप्ता अघि)
  • ३ पटक पढिएको
कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले-माओवादीले गरे संकल्प प्रस्ताव दर्ता !

बैशाख ३, काठमाडौँ । कोशी प्रदेशमा केदार कार्की नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभामा संकल्प प्रस्ताव पेस गरेका छन् । उनीहरूले २५ वैशाखभित्र कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरा संकल्प प्रस्तावमा उल्लेख गरेका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावको समर्थकमा एमाले प्रदेश सांसद किशोरचन्द्र दुलाल र माओवादी सांसद गणेश उप्रेती छन् ।

यसअघि एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिदै प्रदेशको अधिवेशन माग गरेका थिए । दुई दलको माग अनुसार प्रदेश प्रमुख परशुराम खापुङले ६ वैशाखमा प्रदेशसभाको अधिवेशन बोलाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस