बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
  • २९ पटक पढिएको
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु

बैशाख ४, जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् ।

सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो । उनको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस