आजको मौसम : केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग,हावाहुरीसहित हल्का वर्षा हुने

बैशाख ५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावका कारण अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म देशभर आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Comment