इण्डियन प्रिमियर लिग : आज गुजरात र दिल्ली भिड्दै

बैशाख ५, काठमाडौँ । इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आज एक खेल हुँदैछ ।

आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७.४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा गुजरात टाइटन्सले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार व्यहोरेको छ । त्यसैगरी दिल्ली क्यापिटल्सले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार व्यहोरेको छ ।

गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ ।

संम्बन्धित समचार

Leave a Comment