एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

बैशाख ५, काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए ।

उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए ।

लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए ।

संम्बन्धित समचार

Leave a Comment