सुदूरपश्चिममा फेरि लडाईँ : एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नस्वीकार्ने

बैशाख ५, धनगढी । सत्ता गठबन्धनको संकट टरेको अनुमान भइरहेका बेला सुदूरपश्चिममा फेरि अर्को किचलो शुरु भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा सत्ता गठबन्धनबीच भएको सहमति एक दिनमै भत्केको छ ।

सत्ता गठबन्धनको विकल्पका रुपमा तयार भएको कांग्रेस, नागरिक उन्मुक्ति रेशम पक्ष र समाजवादी गठबन्धन भत्किए पनि फेरि एमालेले मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीको विकल्प खोजेको छ । एमालेले सोडारीको विकल्प खोज्नु पर्ने अडान राखेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रोकिएको छ ।

‘सोडारी विवादास्पद व्यक्ति हुन् । उनकाविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा छ । अख्तियारले मुद्दाको तयारी गरेको छ । मन्त्री भएका बेला पनि उनी विवादमा आएका थिए, त्यसैले गठन भएको सरकार अस्थिर नहोस् भनेर यस्तो सुझाव दिइएको हो,’ नेकपा एमाले स्रोतले भन्छ ।

एमालेले सोडारी बाहेक जुनसुकै प्रदेश सभा सदस्य भए पनि मुख्यमन्त्रीमा सहमति जनाउने बताएको छ । माओवादी, एमालेका संसदीय दलका नेताहरू यसबारेमा बिहानैदेखि छलफलमा छन् । उनीहरुले समाजवादीका प्रकाश रावल र माया पन्त जो भए पनि मुख्यमन्त्रीमा पठाउन आग्रह गरेका छन् ।

संम्बन्धित समचार

Leave a Comment