दिपेन्द्र सिंह ऐरीको आइसीसी बरियतामा छलाङ

बैशाख ५, काठमाडौँ । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेका छन् ।

आइसीसीको पछिल्लो बरियतामा दिपेन्द्रले १४ स्थानको छलाङ मार्दै टि–२० अलराउण्डरतर्फ ११ औं स्थानमा आइपुगेका छन् ।

ऐरीसँगै नेपालका आसिफ शेख पनि ३६ स्थान सुधार गर्दै ब्याटरतर्फको बरियतामा ७५ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल पनि अलराउण्डरतर्फ ५ स्थान सुधार गर्दै २७ औं स्थानमा उक्लिएका छन् ।

संम्बन्धित समचार

Leave a Comment