माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२ प्रतिशतले घट्यो, रिजर्भ आकार वृद्धि !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
माछापुच्छ्रे बैंकको खुद नाफामा ३६.७२ प्रतिशतले घट्यो, रिजर्भ आकार वृद्धि !

बैशाख ७, काठमाण्डौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६.७२ प्रतिशतले कम हो ।

गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुत रकम गत आवको सोहि अवधिको तुलनामा ६९.०८ प्रतिशतले कम हो । बैंकको इम्प्येरमेन्ट चार्ज पनि ८१ करोड ९५ लाखबाट बढेर ९४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमासम्म २.३७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ३.६८ प्रतिशत पुगेको छ ।

बैंकको रिटेन्ड अर्निङ ३० करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार भने २५.६९ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानीमा व्यापक गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १७.५७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर ९.८१ रुपैयाँमा सीमित बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस