प्रभु बैंकको खुद नाफा कति ? ब्याज आम्दानी २६.६१ प्रतिशतले वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
प्रभु बैंकको खुद नाफा कति ? ब्याज आम्दानी २६.६१ प्रतिशतले वृद्धि

बैशाख ७, काठमाण्डौँ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७।२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस