छोटो अवधिमा बैंकहरुले कमाए ४८ अर्ब ७० करोड, सबैभन्दा बढि कमाउने बैँक कुन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
छोटो अवधिमा बैंकहरुले कमाए ४८ अर्ब ७० करोड, सबैभन्दा बढि कमाउने बैँक कुन ?

बैशाख ७, काठमाडौँ । २१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले यस अवधिमा कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकहरुले ४३ अर्ब ६१ करोड ३८ लाख ३१ हजार रुपैयाँ बराबर नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुले ११.६७ प्रतिशतले बढी नाफा कमाएका हुन् ।

नबिल बैंक
चैत मसान्तसम्म आइपुग्दा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ८।७६ प्रतिशतले घटेको छ । गत चैत मसान्तसमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ३।७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

ग्लोबल आईएमई बैंक
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल कर्जा लगानीको ३।९६ प्रतिशत एनपीएल पुगेको ग्लोबल आईएमई बैंकले नाफाबाट २ अर्ब ७१ करोड ७ लाख ७३ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ भने ३.८८ प्रतिशत एनपीएल रहेको राष्ट्रिय वाणिज्य बैंकले यस पटक १ अर्ब ३१ करोड ८९ लाख ५२ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले ९ महिनाको अवधिमा झण्डै २ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०र८१ तेस्रो त्रैमासमा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ५२ प्रतिशत घटेको देखिन्छ । चै

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको विवरण अनुसार बैंकले यस अवधिमा ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३६।७२ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लक्ष्मी सनराइज बैंक
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १०२.९८ प्रतिशत, कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन मुनाफा ११.७८ प्रतिशत बढेको छ

प्रभु बैंक
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा प्रभु बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो ।

कुमारी बैंक
कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो ।

ताजा अपडेट

खोजी गर्नुहोस