शपथ खाएको भोलिपल्टै सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • ४ पटक पढिएको
शपथ खाएको भोलिपल्टै सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा !

बैशाख ७, काठमाडौँ । सुदूपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एकिकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् ।

मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेका थिए ।

‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालय बोलायो, पछि बिना विभागीयमा शपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निरास रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेनँ, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु ।’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति रञ्जीता पक्षका गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस