रविको क्षेत्र माडीवासीले प्रधानमन्त्रीसँग भने-‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ७, शुक्रबार (१ हप्ता अघि)
  • ० पाठक संख्या
रविको क्षेत्र माडीवासीले प्रधानमन्त्रीसँग भने-‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

बैशाख ७, काठमाडौँ । चितवनको माडी नगरपालिकाको प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नु परेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

उनका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् ।

छलफलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्व सांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस