एमालेको प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
एमालेको प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

बैशाख ८, काठमाडौँ । सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज देखि शुरु हुँदैछ । वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।

यस बैठकमा २,४५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस