जनावरको कच्चा दूधमा पनि बर्डफ्लुको भाइरस फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • २ पटक पढिएको
जनावरको कच्चा दूधमा पनि बर्डफ्लुको भाइरस फेला

बैशाख ८, काठमाडौँ । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ ।

अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्डफ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ । तर, यो भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ‘एच फाइभ एन वान’ पहिलो पटक १९९६ मा देखा परेको थियो । तर संक्रमित स्तनधारी जनावरहरूको संख्यामा वृद्धिसँगै २०२० पछि चराहरूमा प्रकोपको संख्या द्रुत रूपमा बढेको छ । जसका कारण लाखौं पशुपंक्षीहरु संक्रमित भएका छन् ।

गत महिना गाई र बाख्रामा पनि बर्डफ्लुको लक्षण देखिए पछि यसलाई अति संवदेनशील रुपमा विज्ञहरूले लिएका छन् ।

अमेरिकी अधिकारीहरूले यस महिनाको सुरुमा टेक्सासको डेरी फार्ममा काम गर्ने एक व्यक्ति गाईवस्तुको सम्पर्कमा आएपछि बर्डफ्लुको संक्रमित भएको पुष्टि गरेका थिए ।

संक्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस