गुल्मीको जंगलमा लागेको आगो विद्युत सवस्टेशनमा पुग्दा करोडौंको क्षति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ८, शनिबार (१ हप्ता अघि)
  • १  पटक पढिएको
गुल्मीको जंगलमा लागेको आगो विद्युत सवस्टेशनमा पुग्दा करोडौंको क्षति

बैशाख ८, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सवस्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ ।

शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर ४ बिरबास स्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सव(स्टेशन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए ।

शवस्टेशन क्षेत्रमा आगो निभाउने कार्यमा लागि परेकाले अहिलेलाई अनुमानित डेढ करोड बराबरको तार जलेर नष्ट भएको अनुमान गरिएको पोखरेलले उनको भनाइ छ। जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतिकरण गर्ने लक्ष्यले त्यस स्थानमा सामाग्री राखिएको थियो ।

आगोलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, दमकल सहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिएसपी शंकर पोखरेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस